एयर सोलुसन्स सम्मेलन

समाधान संवाददाता २०७९ पुष ४ गते १३:१९

काठमाडौं ।
एलजीले काठमाडौंमा ऐयर सोलुसन्स सम्मेलन समापन गरेको छ । एलजी ऐयर सोलुसन्स सम्मेलनमा एलजीका विभिन्न उपकरण तथा यसका उपयोगिताका बारेमा जानकारी गराइएको थियो ।

सम्मेलको पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी यसका उपकरणबारे प्रस्तुति राखे । सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले नेपालमा यसका उपभोक्ता र भावी योजनाको बारेमा प्रस्तुति गरे ।

सम्मेलनको दोस्रो सत्रमा ऊर्जा दक्षतामा प्रविधिको भूमिकाबारे छलफल भएको छ । चौधरी ग्रुपमा म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी, एचभिएसी कन्सल्टेन्ट रवीन्द्रनाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टरका सहायक डाइरेक्टर शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट विभूतिमान सिंह, एलजी कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले धारणा राखेका थिए ।

Advertisement

चौधरी ग्रुपले एलजीसँग तीन दशकभन्दा बढी समयदेखि व्यवसायिक सहकार्य गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया