रोटर्‍याक्ट पोखरा फिस्टेलको पुस्तकालय व्यवस्थापन

समाधान संवाददाता २०७९ पुष ४ गते १३:२८

पोखरा ।
रोटर्‍याक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो सिग्नेचर प्रोजेक्टको रूपमा रहेको पुस्तकालय व्यवस्थापन कार्यक्रम चण्डी मावि पोखरा ३३ मा गरेको छ । कार्यक्रममा पोखरा वडा नम्बर ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले रोटर्‍याक्ट क्लब अफ पोखरा फिस्टेल महिलाहरूको मात्रै क्लब भएर पनि सामाजिक रूपमा यति अग्रसर भएको बताए ।
कार्यक्रममा वरिष्ठ समाजसेवी शिवप्रसाद चालिसेले आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गरी रोटर्‍याक्ट क्लब अफ पोखरा फिस्टेलले सन् २०१२ देखि यो पुस्तकालय व्यवस्थापन कार्यक्रम गरेका छन् । त्यसबाट प्रभावित भएर आफू र आफ्नो छोरा अशोक चालिसेले आफ्नो जन्मदिनमा पुस्तक दान गरी कार्यक्रममा सहभागी हुँदा गर्व महसुस गरेको उनले बताए ।

कार्यक्रममा रोटर्‍याक्ट डिस्ट्रिक्ट ३२९२ का एडीआरआर विश्व दर्शन पराजुलीले विद्यार्थीहरुले समयअनुसार परिमार्जित पुस्तकबाट ज्ञान हासिल गरेर आगामी दिनमा यसैगरी सामाजिक सेवामा लाग्न विद्यार्थीहरुलाई सुझाव दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं रोटर्‍याक्ट क्लब अफ पोखरा फिस्टेल पूर्वअध्यक्ष विमला भण्डारीले छोरीहरुलाई पनि नेतृत्व स्थापित गर्नलाई र समाजलाई योगदान दिनलाई आफूहरुले यस क्लबलाई स्थापना गरेको सुनाइन् ।

Advertisement

विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले क्लबले आफ्नो विद्यालयमा सहयोग गरेकोमा आफूलाई खुसी लागेको बताए । रोटर्‍याक्ट क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष डिम्पल क्षेत्रीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा उनले आफूहरु महिलामात्रै रहेको क्लबले सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय व्यवस्थापन महिलामैत्री शौचालय व्यवस्थापन गरेको जानकारी दिइन् । उनले महिला सशक्तीकरणका कार्यक्रमहरु गर्दै महिलाहरु शक्ति हुन् भन्ने कुरा समाजमा स्थापित गर्ने हेतुका साथ अघि बढिरहेको पनि सुनाइन् ।

Advertisement

चण्डी माविमा पुस्तकालयमा आवश्यक थप केही पुस्तकहरु, टेबल, कुर्ची, कार्पेट लगायतको सामग्री प्रदान गरेर पुस्तकालय व्यवस्थापन गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् ।

आफ्नो ७२ औं जन्म जयन्तीको अवसरमा पुस्तक दान गरेकोमा शिवप्रसाद चालिसे लगायत सम्पूर्ण सहयोगीहरुलाई उनले धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको संयोजन एवं सञ्चालन शिला मल्लले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया