सहारा हङकङको ३ लाख सहयोग

समाधान संवाददाता २०७९ पुष ५ गते ११:१४

पोखरा ।
सहारा क्लब हङकङले २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा प्रतियोगिता हुँदै छ ।

सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले हालै सम्पन्न स्व. बिल तामाङ स्मृति सहारा फुटबल कपको आयव्ययसमेत सार्वजनिक गरेको छ । १ लाख ३९ हजार आम्दानी भएकोमा खर्च कटाएर ६१ हजार हङकङ डलर बचत भएको जनाइएको छ ।

यसैगरी, यही २५ डिसेम्बरमा हुन लागेको गोर्खा कपमा क्लबले आफ्नो तर्फबाट सहभागिता जनाउने निर्णय पनि गरेको छ । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो ।

Advertisement

क्लबले पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी सञ्चालन गरेको छ । क्लबले निरन्तर रुपमा गएको २ दशकदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । सहारा क्लब पोखराले पहिलोपल्ट २०५८ मा क्याराभान गोल्डकप गरेको थियो । यसपालिको प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता हुने पक्का भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया