ल्होसारको तयारीमा तमु धिं

समाधान संवाददाता २०७९ पुष ५ गते १२:५०

पोखरा ।
तमु समुदायको महान चाड, नयाँ वर्ष ल्होछार तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ । १२ वटा ल्हो (वर्ग)मध्ये यस वर्ष तो ल्हो(बाघ वर्ग)को बिदाइ र हि ल्हो(बिरालो वर्ग)को आगमनको अवसरमा पुस १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गर्ने तय छ ।

१४ र १५ गते तमु धिं नेपालले विविन्न समाजसहित र १६ गते तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रीय समितिको मुख्य आयोजनामा पोखरामा शुभकामना र्‍यालीसहित अमरसिंहचौरमा विशेष कार्यक्रम गर्ने भएको छ ।

तमु धिंले पुस १४ गते बेलुका हि ल्हो(बिरालो वर्ग)लाई स्वागतका निम्ति पोखरा १७ विरौटास्थित तमु ह्युलचोकमा दीप प्रज्वलनसहित जलपान र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, पुस १४ गते राति १२ बजे हि ल्होलाई स्वागतका लागि तमु प्ये ल्हु संघ फलिना क्होइबोमा बोनफायरमा सहभागी हुने भएको छ ।

Advertisement

१५ गते बिहान पल टासी छ्योएलिङ गोपाल गुम्बा, बौद्ध अर्घौ सदन रामघाट गुम्बा र फलिना क्होइबोमा पुजा, ग्रहशान्ति, पीतृका नाममा बत्ती बाल्ने, रिप लगाउने, गुरु खेगीहरु र मान्यजनसँग आशीर्वाद ग्रहण गर्ने कार्यक्रम तय गरेको छ ।

यसरी नै दिनको १ बजे तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सम्मान एवम पुरस्कार वितरण, विविध साँस्कृतिक कार्यक्रम, गुरुङ संग्रहालय उदघाटनसँगै स्योकैं आयोजना गरिएको तमु धिं नेपालले जनाएको छ ।

Advertisement

हि ल्हो आगमनको अवसरमा तमु धिं नेपाल केन्द्रीय समिति र तमु प्ये ल्हु संघ केन्द्रीय समितिको मुख्य आयोजनामा सबै तमु समाज, संघ संस्थाको सहभागितामा पुस १६ गते महेन्द्रपुलबाट शुभकामना र्‍याली सुरु भई चिप्लेढुंगा न्युरोड सभागृहचोक लखनचोक बुद्धचोक हुँदै अमरसिंहचौमा विशेष कार्यक्रम गरिनेछ ।

उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, नवनिर्वाचित सांसदलाई बधाई सम्मान, विशेष सांस्कृतिक कार्यक्रम र छेलो प्रतियोगिता गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।

तपाईको प्रतिक्रिया