स्याङजामा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकाे मृत्यु

समाधान संवाददाता २०७९ फागुन ८ गते १२:३१

पोखरा ।
स्याङजाको वालिङ नगरपालिका ६ मा आइतबार राति भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा चापाकोट नगरपालिका २ का ३२ वर्षीय चालक नविन सुनार र वालिङ नगरपालिका ८ का १४ वर्षीय सहचालक सोविन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । आइतबार राति ८ बजे ग १ त ६८८६ नम्बरको ट्याक्टर ढुंगा लिएर जगतभन्ज्याङबाट मिर्दीतर्फ आउने क्रममा एक्कासि अनियन्त्रित भइ १५ मिटर तल खसेको थियो ।

घाइते नवीनको टाउको र ढाडमा चोट लागेको थियो भने सोबिनको टाउको र दायाँ खुट्टामा चोट लागेको थियो । दुवै जनालाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको थियो । उपचारको क्रममा चालक सुनारलाई राति साढे ९ बजे डाक्टरले मृत्त घोषण गरेका थिए ।

Advertisement

उपचारका क्रममा सुनारको वालिङ प्राथमिक केन्द्रमा र विकको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया