बागलुङमा भिरबाट लडेर बालिकाकाे मृत्यु

समाधान संवाददाता २०७९ फागुन १७ गते ११:४८

पोखरा ।
बागलुङको बरेङ गाउँपालिकामा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका बिष्णु घर्तीकी आठ वर्षीया छोरी प्रतिक्षा घर्ती मगरको मंगलबार भिरबाट लडेर ज्यान गएको हो ।

उनी बिद्यालय जाने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरीका अनुसार मगरको घटनास्थलमै ज्यान गएको थियो । उनी धुल्लुबास्कोटको पञ्चरत्न प्राथमिक विद्यालय कक्षा १ मा अध्ययनरत थिईन् ।

Advertisement

तपाईको प्रतिक्रिया