राजमो बागलुङ अध्यक्षमा राजेन्द्र

समाधान संवाददाता २०७९ फागुन २३ गते १२:५१

बलेवा ।
नेकपा मसालको चुनावी मोर्चा (राष्ट्रिय जनमोर्चा) बागलुङको अध्यक्षमा राजेन्द्र ढुंगाना निर्वाचित भएका छन् । ३ दिनसम्म चलेको राजमोको सातौँ जिल्ला सम्मेलनले आइतबार ढुंगानालाई निर्विरोध अध्यक्ष चुनेको हो । अधिवेशनले खिमविक्रम शाहीलाई उपाध्यक्ष चयन गरेको छ । सचिवमा भीमलाल पोखरेल दोहोरिएका छन् ।

सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दीपक थापा छन् । जिल्लामा अन्य पार्टीमा जस्तै राजमोमा पनि नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । जिल्लामा क्रियाशील नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)मा पनि युवा पुस्ताले नेतृत्व पाएका छन् । लामो समयपछि राजमोले नेतृत्व परिवर्तन गरेको हो ।

अधिवेशनले ३५ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरेको छ । त्यसबाहेक ११ सदस्य रहेको वैकल्पिक सदस्य तथा ११ सदस्य सल्लाहकार समिति पनि टुंगो लगाएको छ । यसअघिका अध्यक्ष थापासहित ११ सदस्यीय सल्लाहकार समिति बनेको छ ।

Advertisement

जिल्ला कमिटी सदस्यमा कृष्ण पौडेल, नेत्रबहादुर बुढाथोकी, थानेश्वर सुवेदी, दिलबहादुर श्रीस, लक्ष्मण पुन, धनबहादुर अदै, हरिबहादुर थापा, लोकनाथ शर्मा, तीर्थसिंह थापा, बोमबहादुर थापा, थम्मन घर्ती मगर, पदम श्रेष्ठ, ठाकुर शर्मा, विष्णु बस्नेत, पनबहादुर विक, योगेन्द्र पौडेल, गोपाल पौडेल, रुद्रा केसी, समन्ता सलामी, उमाकान्त गौतम, टीकासंगम विक, खडक विक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र ईश्वरमान विक छन् ।

वैकल्पिक जिल्ला सदस्यमा प्रेमप्रसाद गौतम, पुनीकला बुढा, प्रेमबहादुर रोका, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिंह थापा, जंगबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवी खत्री र पूर्णबहादुर परियार छन् ।

Advertisement

सल्लाहकारमा अमर थापा, नरबहादुर पुन, काजी गाउँले श्रेष्ठ, तिलक थापा, टंकबहादुर केसी, टेकबहादुर आरसी, भीमसेन वन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ्वीबहादुर श्रीष र टीकाराम शर्मा छन् ।

तपाईको प्रतिक्रिया