१८ औं रोपाइँ महोत्सव

महोत्सवले पर्यटक बढाउँछन्

समाधान संवाददाता २०८० असार १५ गते १४:०५

बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ खूब चर्चामा छ । यही भनाइलाई ध्यानमा राखेर पोखरामा पर्यटकको आकर्षण बढाउन महोत्सव गर्दै आएको हो । रोपाइँ महोत्सव एकदमै ठीक छ । नेपाल कृषिप्रधान देश भएकाले किसानलाई सम्मान गर्ने नै हो । पर्यटनमा पनि यसको महत्व छँदै छ । पछिल्लो समय नयाँ पुस्ताले पनि यो पर्वबारे जानकारी दिने र उनीहरूलाई नेपालका रीतिरिवाज पर्वबारे जानकारी दिने उद्देश्य नै हो ।

आजको दिनमा धेरै कृषक र साना व्यवसायी पनि सामेल हुँदै आएका छन् । कूटनीतिक नियोगका प्रतिनिधि पनि यो पर्वमा सहभागी हुन्छन् । विदेशी पनि नआउने यो बेलामा उनीहरूलाई पनि यो बेला महोत्सव गरेर केही न केही दिऊँ न त भन्ने हो ।

हिजो रेबान महोत्सव गरेर नै पोखरामा पर्यटक वृद्धि भएका हुन् । यो महोत्सवले पनि पर्यटक बढाउँछ । महोत्सवले पर्यटक बढाउँछन् ।

Advertisement


रोपाइँ महोत्सवले पर्यटकलाई आकर्षण गर्दै किसानसँग जोड्दो रैछ । कृषियोग्य जमिनमा सबै घर बनिसके । खेती गर्नेलाई प्रवद्र्धन गर्ने पनि यो महोत्सवको उद्देश्य हो । महोत्सवबाट पर्यटन प्रवद्र्धनसँगै किसानलाई हौसला हुन्छ । राज्यले पनि कृषि प्रवद्र्धन र किसानलाई हैसला दिन यस्ता कार्यक्रम गरोस् र हामी सबै मिलेर हाम्रा मौलिक परम्परा र चाडपर्वलाई जर्गेना गर्नुपर्छ भनेर यो पर्व आयोजना गरेका हौं ।

Advertisement

तपाईको प्रतिक्रिया