बलात्कार काण्डमा एलओडी सञ्चालकलाई पक्राउ पुर्जी

समाधान संवाददाता २०८० असार २२ गते १०:४१

काठमाडौं ।
पोखराका ५० वर्षे प्रौढले १६ वर्षीया नाबालिगका बलात्कार गरेको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लब काठमाडौंका सञ्चालकहरु २ जनालाई पनि पक्राउ पुर्जी जारी गरेको छ ।


३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । ३१ जेठमा बिहान बागडोल कोइरालाकोस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी छन् ।

पोखराका ५० वर्षे प्रौढले १६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप

Advertisement


उनको यो बयानपछि प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याएको हो । नाबालिगलाई एलओडी प्रवेश दिएको विषयलाई लिएर प्रहरीले क्लबका सञ्चालक रुदिलवल्लव श्रेष्ठ र राजुसिंह सुवालमाथि अनुसन्धान थालेको हो ।

नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

Advertisement


नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपित पोखराका ५० वर्षीय कोइराला पक्राउ परेका थिए । उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए । प्रहरी स्रोतका अनुसार नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए । नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन् ।


बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार नाबालिकालाई मनोरञ्जनस्थलमा प्रवेश गराउन पाइँदैन । एलओडी सञ्चालकले बालबालिकाको उमेर नै नहेरी प्रवेश दिएको प्रहरीले भेटेको छ । पक्राउ पुर्जी जारी भएका एलओडी सञ्चालक फरार छन् ।

तपाईको प्रतिक्रिया