पृथ्वीनारायण क्याम्पस नेपाली विभागमा साहित्य सिद्धान्त विमर्श

समाधान संवाददाता २०८० असार २४ गते १२:२३

पोखरा ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागले शनिबार साहित्यसिद्धान्त विमर्श गरेको छ । साहित्यमा विभञ्जन: विधा मिश्रण र विघटन विषयमा प्राडा लक्ष्मण गौतमले कार्यपत्र प्रस्तुत गरेका छन् ।


समीक्षाका कुरा विषयमा प्राडा भवानी पाण्डेले कार्यपत्र प्रस्तुत गरेको नेपाली विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले बताए ।

नेपाली भाषाको साहित्य सिद्धान्तले लिक छाड्न लागेका बेलामा सरोकारवालाई झक्झकाउनका लागि यो कार्यक्रम फलदायी भएको प्राडा न्यौपानेको भनाइ छ ।

Advertisement


कार्यक्रममा प्राडा न्यौपानेले अनुसन्धान, समालोचना, भाषा र शिक्षण गतिविधिमा समयसापेक्ष प्राध्यापकहरुले परिवर्तन ल्याएर यी पक्षलाई गतिशील बनाउनुपर्ने जनाए । क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले नेपाली विभागले गरेका प्राज्ञिक गतिविधि उदाहरणीय र अनुकरणीय रहेको टिप्पणी गरे ।


कार्यक्रममा नेपाली भाषा प्राध्यापन गर्ने शिक्षक विद्यार्थी सहभागी थिए । नेपाली भाषाका विभिन्न विधाका मानकहरु क्रमश भत्कँदै जाँदा पर्ने असरका बारेमा घनिभूत छलफल गरिएको प्राडा गौतमले सुनाए ।

Advertisement


गोष्ठीपत्रको टिप्पणी डा लक्ष्मीशरण अधिकारी, डा. भूमिराज बस्ताकोटी र रघुनाथ अधिकारीले गरेका थिए । कार्यशालाको ४ वटा शत्रको संयोजक निर्मण सापकोटा, श्रीधर न्यौपाने, गीता पौडेल र यादवराज अधिकारीले गरेका थिए ।


पृना नेपाली विभागले हालै नेपाली भाषाको मानकका विषयमा छलफलसमेत गरेको थियो । यस्ता कार्यक्रमले नेपाली भाषाको श्रीवृद्धिमा थप टेवा पुग्ने, अनुसन्धान र अध्ययनमा लागेकाहरुलाई समेत सहयोग पु¥याउने विश्वास आयोजकको छ ।

तपाईको प्रतिक्रिया