सरकारी स्कुल प्राविधिक पढाइ

राष्ट्रिय समाचार समिति (रासस) २०८० असार ३१ गते ११:१८

गण्डकी ।
पोखरा महानगरका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरूको आकर्षण बढेको हो ।


पायक पर्ने स्थानमा रोजेको प्राविधिक विषयमा पठनपाठन हुन थालेपछि विद्यार्थी दंग छन् । साथै पछिल्लो समय सामुदायिक विद्यालयमा सञ्चालन गरिएका यस्ता पढाइ वरदान साबित भएका छन् । शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्राविधिक विषयको पढाइ सञ्चालन भएपछि सामुदायिक विद्यालयमा करिब सात प्रतिशत विद्यार्थी संख्यामा वृद्धि भएको पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख सोमनाथ भण्डारीले बताए ।


महानगरमा नेपाल सरकारकोतर्पmबाट शुक्रराज मावि पुम्दी भुम्दीमा भेटेरीनरी, महेन्द्र मावि भलाममा कृषि, बह्मरुपा मावि राजाकोचौतारोमा कम्प्युटर विज्ञान, जनप्रिय मावि सिमलचौरमा सिभिल इन्जिनियरिङ अम्बिका मावि सुईखेत हेमजामा कम्प्युटर विज्ञान पढाइ हुन्छ ।

Advertisement


सिटिइभिटी अन्तर्गत जानकी मावि महतगौडामा वन विज्ञान, सरस्वतीटीका माविमा सिभिल इन्जिनियरिङ र आनन्दज्योति मावि बेगनासमा कृषि विषयका पढाइ हुन्छ । ‘विद्यार्थी, शिक्षक र अभिवाकको त्रिकोणात्मक प्रयास एवं सरोकारवाला निकायको प्रभावकारी अनुगमनले शैक्षिक गुणस्तरमा वृद्धि भएको छ’, उनले भने, ‘महानगर अन्तर्गतका अमरसिंह, छोरेपाटन, जनचेतना, सीतलादेवी लगायतका दर्जनभन्दा बढी विद्यालयमा वार्षिकरुपमा भर्नादरमा चाप बढेको छ ।’

सुविधा सम्पन्न भौतिक पूवाधार निर्माण भएर पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने क्रम बढेपछि महानगरले प्राविधिक विषयमा पहल गर्दै आवश्यक भौतिक संरचना एवं प्रयोगशाला स्थापना सहयोग गर्दै आएको उनी बताउँछन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत महानगरका विभिन्न २१ विद्यालयमा ५ देखि ५० लाखसम्मका भौतिक संरचना निर्माण भइरहेको बताउँदै प्रमुख भण्डारीले सुनाए । शैक्षिक क्षेत्रमा भएको सुधारका कारण संस्थागत विद्यालयबाट वार्षिक संख्यामा विद्यार्थी सामुदायिक विद्यालय भर्ना हुने गरेको तथ्यांक छ ।

Advertisement

ऐतिहासिक एवं धार्मिक क्षेत्र ढुंगेसाँघु (महतगौडा) जानकी माध्यमिक विद्यालयमा ३ वर्षे वन विज्ञानको पढाइ सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको हो । उक्त विषयमा पढाइ सञ्चालन गर्ने जिल्लाकै पहिलो जानकी माविमा हाल १६ विद्यार्थी र ८ शिक्षक रहेको वन विज्ञान संयोजक शंकर भण्डारीले जनाए ।


विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया