जिप दुर्घटनामा २ जनाको मृत्यु

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन १ गते १०:४०

कुश्मा ।
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आइत्बार बिहान मृत्यु भएपछि मृतक २ जना पुगेका हुन् ।


यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो । ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनि भन्ने स्थानमा दुर्घटना भएको थियो ।


दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेकाले उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

घाइतेहरु कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । यात्रुबहाक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा दुर्घटना भएको उनले बताए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया