ओडारबाट राहुलको उद्धार

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन ११ गते १५:२१
cf]9f/af6 p2f/ DofUbL, !) ;fpgM DofUbLsf] a]gL gu/kflnsf–& s'l/nfvs{sf] cf]9f/df ljut Ps jif{b]lv a:b} cfPsf %) jifL{o /fx'n lasnfO{ a'waf/ p4f/ u/]/ afun'Ësf] dfgj ;]jf cf>ddf k9fpFb} pkk|d'v Hof]tL nfld5fg] / gu/ k|x/L . tl:a/M ;Gtf]if uf}td÷/f;;

म्याग्दी ।
बेनी नगरपालिका ७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई बुधबार उद्धार गरिएको छ । बेनी अर्थुंगे सडकको छेउमा रहेको ओडारमा बस्ने बेनी नगरपालिका ५ भीरमुनिका ५० वर्षीय विकको उद्धार गरिएको हो ।


बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिइन् । ‘१ वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो’, उनले भनिन्, ‘घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनस्र्थापना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।’


शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगर प्रहरीको टोलीले उद्धार गरेको हो । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलबारे २०७९ साल फागुन ८ गते समाचार सार्वजनिक भएको थियो ।

Advertisement


‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरें,’ राहुलले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कंदासाथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।’ उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए ।


सो ओडर बेनीबजारदेखि करिब १ किलोमिटर छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुंगानाले बताए । ‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो,’ उनी भन्छन्, ‘काम गर्न सक्दिनँ । मलाई यही ठीक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन ।’

Advertisement


राहुल बस्दै आएको ओडारमा दिउँसो घाम लागे पनि राति चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया