एलपी देवकोटा मेमोरियल स्कुलमा पुरस्कार वितरण

समाधान संवाददाता २०८० साउन १८ गते ११:१५

पोखरा ।
लीलाभक्त एजुकेसन फाउन्डेसनद्वारा व्यवस्थापन गरिएको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलमा परीक्षफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । विविध सांस्कृतिक प्रस्तुतिका साथ कार्यक्रम भएको थियो ।


उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ समाजसेवी एवं धार्मिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्व लीलाभक्त आचार्यले गरेका थिए । उक्त कार्यक्रममा विद्यालयको भौतिक विकास तथा भावी योजनाबारे विद्यालयका निर्देशक इन्जिनियर विश्वनाथ आचार्यले बोलेका थिए । प्राचार्य अमबहादुर रेग्मी क्षेत्रीले विद्यालयको शैक्षिक प्रगतिबारे प्रकाश पारे । त्यसैगरी विद्यालयका सल्लाहकार एवं अभिभावक वासुदेव बरालले सुझावसहित शैक्षिक प्रगतिबारे धन्यवाद व्यक्त गरे ।


उक्त भव्य कार्यक्रममा एसइईमा २०७९ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीद्वय सुजन पौडेल र पार्वती रोकालाई सभाध्यक्ष लीलाभक्त आचार्य र उनका काइँला पुत्र एवं विद्यालयका निर्देशक इन्जिनियर विश्वनाथ आचार्यले संयुक्तरुपमा जनही नगद ५० हजारको चेक हस्तान्तरण गरे ।

Advertisement


कार्यक्रमको सफलताका लागि हाल क्यानडाको टोरन्टोमा बसोबास गर्दै आएकी मञ्जु आचार्य र पावक आचार्य, विद्यालयका निर्देशक इन्जिनियर विश्वनाथ आचार्य लगायतले शुभकामना व्यक्त गरे । कार्यक्रममा गणीत विषय अध्यापन गराउने मावि शिक्षक सन्तोष बरालले एसइई २०७९ मा गणित विषयमा जिपिए ४ ल्याउने विद्यार्थीहरु सुजन पौडेल, पार्वती रोका र कृशला पौडेललाई जनही नगद ५ हजार प्रदान गरे । कार्यक्रम सञ्चालन मदनकुमार मैनालीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया