साइनिङ स्टार स्कुलमा स्वागत

समाधान संवाददाता २०८० साउन १८ गते १५:३३

पोखरा ।
पोखरा ६ लेकसाइड स्थित साइनिङ स्टार बोर्डिङ स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाईस्वागत गरेको छ । कार्यक्रममा गण्डकी युनिभर्सिटीका डिन डा कपिल उपाध्यायले विद्यार्थीका लागि पाठ्यक्रमको पढाइमात्र प्रयाप्त नहुने धाराणा राखे ।


डा अधिकारीले अबका विद्यार्थीले देशमै सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिँदै समाजले आफ्नों उपस्थितिको आभास गर्नसक्ने गरी काम गर्न पनि आग्रह गरे । गण्डकी एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका डा सन्तोष कोइरालाले जीवनोपयोगी शिक्षा जरुरी भएको जनाए ।


विद्यालयका प्राचार्य अर्जुनप्रसाद पाण्डेले सुनिश्चित भविष्यका लागि विद्यार्थीले दृढ संकल्प लिनुपर्ने विचार राखे । उनले विद्यालयले विद्यार्थीलाई शिक्षासँगै सामाजिक, सांस्कृतिक लगायत विविध पक्षमा अग्रसर बनाउन प्रयत्न गर्ने सुनाए । एचएम कोर्डिनेटर विमल कुँवरले प्लस टु अध्ययनका लागि आएका विद्यार्थीको चाहना विद्यालयले पूरा गर्ने प्रतिवद्धता जाहेर गरे ।

Advertisement


फिस्टेल माउन्टेन कलेजका राजु लामिछानेले साइनिङ स्टारले विद्यार्थीलाई लक्ष्यसम्म पुर्‍याउने विश्वास सुनाए । कार्यक्रममा विद्यार्थीले साँस्कृतिक प्रस्तुति गरेका थिए । स्कुलका संस्थापक बविता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरि अधिकारी, नेपाली शिक्षक मानबहादुर थापा लगायतले बोलेका थिए । साइनिङ स्टारले प्लस टुतर्फ म्यानेज्मेन्ट, होटल म्यानेज्मेन्ट, ट्राभल टुरिजम र कम्प्युटर विषयमा अध्यापन गराउँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया