गोल्डेन नेचर स्कुलमा हिज्जे प्रतियोगिता

समाधान संवाददाता २०८० साउन १९ गते ११:५६

पोखरा ।
पोखरा ३० खुदी, ढुंगेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीबीच नेपाली हिज्जे प्रतियोगिता गरेको छ ।


प्रतियोगितामा हरियो सदनका सम्झौता भण्डारी, स्वस्तिका पाण्डे, अमित शर्मा सुबेदी र अबिसान खाँड ठकुरीले प्रथम स्थान प्राप्त गर्न सफल भए भने रातो सदनका जस्मिन आचार्य, अंकिता सुनार, साधना गौतम र प्रकृति पौडेलले द्वितीय बने । कार्यक्रमको संयोजन शिक्षकहरु मुक्तिनाथ रानाभाट र सावित्री न्यौपानेले गरेका थिए ।

विद्यार्थीमा नेपाली भाषामा थप निखार एवं शुद्धता ल्याउने उद्देश्यले कार्यक्रम गरिएको प्रिन्सिपल प्रेमप्रसाद शर्माले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया