कन्या क्याम्पसमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०८० साउन २२ गते ११:१९

पोखरा ।
कन्या क्याम्पस पोखरामा कक्षा ११ का नव आगन्तुक छात्रालाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ । यो गण्डकी प्रदेशकै महिलामात्र अध्ययन गर्ने क्याम्पस हो ।


कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष मदन शर्माले गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त क्याम्पसमा भर्ना भएका छात्रालाई प्रभावकारी शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले नयाँ विद्यार्थीलाई क्याम्पसका बारेमा विस्तृत जानकारी दिए ।


छात्रा कल्याण समितिका निवर्तमान संयोजक ममता शाहले कक्षा ११ मा भर्ना भएका छात्रालाई स्वागत गर्दै कक्षा ११ देखि स्नातकोत्तरसम्मको पढाइमा आफलाई पूर्ण सन्तुष्टि मिलेको सुनाइन् । स्नातक तहमा गण्डकी प्रदेशमा सर्वोत्कृष्ट हुन क्याम्पसको गुणस्तरीय शिक्षाले सहयोग गरेको उनको भनाइ छ ।

Advertisement


जीवन जीउने कला तथा नेतृत्व विकासबारे प्रशिक्षक विकल शेरचनले प्रकाश पारे । छात्राहरुलाई भविष्यको योजना तयार गर्न र सो हासिल गर्नका लागि जान्नुपर्ने सीपका बारेमा उनले अभ्याससमेत गराएका थिए । कक्षा ११ र १२ का छात्रा सहभागी भएको कार्यक्रममा कक्षा १२ र स्नातक दोस्रो वर्षका छात्राहरुले नृत्य प्रस्तुत गरेका थिए ।


हाल क्याम्पसमा कक्षा ११, १२ का साथै स्नातक तहमा बिबिएस, बिएड, बिए, बिआइएम तथा स्नातकोत्तर तहतर्फ एमबिएसको पढाइ हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया