संस्थागतमा मदरल्यान्ड, सामुदायिकमा विन्ध्यवासिनी मावि प्रथम

समाधान संवाददाता २०८० साउन २६ गते ११:०६

पोखरा ।
एसइई परीक्षा २०७९ को नतिजा अनुसार संस्थागततर्फ पोखरा ७ मा रहेको मदरल्यान्ड मावि र सामुदायिक विद्यालयतर्फ विन्ध्यवसिनी मावि पोखरा १६ कास्की जिल्ला प्रथम भएका छन् ।


५० जनाभन्दा धेरै परीक्षार्थी सहभागी भई एसइईमा प्राप्त औसत जिपिए नतिजा मूल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई उत्कृष्ट घोषणा गर्ने गरिन्छ । संस्थागत विद्यालयतर्फ मदरल्यान्डले १ सय ५१ जना विद्यार्थी सामेल गराएकोमा ३ दशमलव ४७७ प्रतिशत जिपिए ल्याई कास्की जिल्ला प्रथम भएको छ ।


शिशु निकेतन बोर्डिङ ३ दशमलव ४५९ प्रतिशत, गण्डकी बोर्डिङ लामाचौर ३ दशमल ४१९ र केफ स्कुल सिम्पानी ३ दशमलव ३६२ प्रतिशत जिपिए ल्याई क्रमश कास्कीमा दोस्रो, तेस्रो र चौथो भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले जानकारी दिएको छ ।

Advertisement


कास्कीका सबै सामुदायिक विद्यालयमा विन्ध्यवासिनी माविले ३ दशमल १७८ प्रतिशत जिपिए नतिजा प्राप्त गरेको आधारमा कास्की जिल्ला प्रथम बनेको हो । यो विद्यालयबाट २०७९ को एसइईमा ७९ जना विद्यार्थी सामेल थिए । एसइई नतिजामा अमरसिंह माविले २ सय ३२ जना विद्यार्थी सामेल गराएकोमा ३ दशमलव ०७९ प्रतिशत जिपिए ल्याई कास्की जिल्लामा दोस्रो, १ सय ७ जना विद्यार्थी सहभागी गराई ३ दशमलव ०६५ प्रतिशत जिपिए ल्याई सितलादेवी मावि तेस्रो र ७१ जना विद्यार्थी सामेल गराई भुर्जुङखोलाको माछापुच्छ्रे मावि २ दशमवल ९५२ प्रतिशत जिपिए ल्याई चौथो बनेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया