पोखरा २८ मा तीजगीत प्रतियोगिता तयारी

समाधान संवाददाता २०८० भदौ १२ गते १०:४९

लेखनाथ ।
पोखरा २८ मा तीजगीत प्रतियोगिता हुने भएको छ । पोखरा २८ महिला सञ्जालको आयोजना तथा वडा कार्यलयको समन्वय र सहयोगमा ठूलाकोटमा २० गते प्रतियोगिता हुने तय छ ।


महानगरकै उचाईमा रहेको ठूलाकोटको पहिचान, यहाँको पर्यटन प्रवद्र्धन र तीज पर्वको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बताए । साबिक माझठाना र कालिका गाविसका सबै वडाका महिला समूले प्रतियोगितामा सहभागी हुन पाउने कार्यक्रम संयोजक डाल्डादेवी भुजेलले बताइन् ।


प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रोलाई ५ हजार र सान्त्वना हुने समूहलाई ३ हजार पुरस्कार दिइनेछ । उत्कृष्ट नृत्यलाई १ हजार ५ सय र उत्कृष्ट सामूहिक भेषभुषामा १ हजार ५ सय पुरस्कार प्रदान गरिने संयोजक भुजेलले बताइन् ।

Advertisement


प्रतियोगितामा वडा नम्बर २८ अन्तर्गत रहेका सबै आमा समूह र साबिक कालिका र माझठाना गाविस, हाल मादीतर्फ परेका भूभागका महिलाले भाग लिन पाउने छन् । प्रतियोगितामा लोकदोहोरी गायक चोलेन्द्र पौडेलको समेत प्रस्तुति रहने प्रचारप्रसार तथा मञ्च व्यवस्थापन संयोजक विष्णु सुवेदी भण्डारीले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया