पोखरेली कलाकारको नयाँ तीजगीत

समाधान संवाददाता २०८० भदौ १४ गते १७:४७

पोखरा ।
पोखरेली कलाकारको एक टोलीले यसपालिको हरितालिका तीजलाई लक्ष्य गरी नयाँ गीत बजारमा ल्याएका छन् । ‘पुतली उडेर गयो’ बोलको गीत नवराज अधिकारीको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।


गीतमा नवराज अधिकारी, प्रेमराज अधिकारी, परशुराम अधिकारी, दुर्गा क्षेत्री, सरला अधिकारी र किरण शर्माले स्वर दिएका छन् । प्रेमराज अधिकारीको शब्द र संगीत रहेको गीतको एजेन्ज दिवस थापा मगरले गरेका हुन् ।


वाराही डिजिटल एन्ड मुर्चुङ डिजिटल स्टुडियोमा रेकर्ड भएको म्युजिक भिडियोको निर्देशन होम गुरुङले गरेका हुन् भने भिडियो दुर्गा पौडेलले खिचेका हुन् । यो सामूहिक तीजगीतले नेपालीको मौलिकता प्रवद्र्धनमा योगदान गर्ने र अब नयाँ भजन निकाल्ने तयारी भएको गायिका किरण शर्माले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया