चित्रकलामा कृष्टिना पहिलो

समाधान संवाददाता २०८० भदौ २० गते १४:०९

लेखनाथ ।

१६ औं पुस्तकालय दिवसको अवसरमा पोखरा सार्वजनिक पुस्तकालय तथा अमेरिकन कर्नर पोखराद्वारा आयोजित कास्की जिल्ला विद्यालय स्तरीय खुला चित्रकला प्रतियोगितामा रिलायन्स पब्लिक स्कुल बुढीबजारकी कृष्टिना गुरुङ पहिलो भएकी छन् ।


प्रतियोगितामा मदरल्यान्ड सेकेन्डरी स्कुलकी अक्षता दाहाल द्वितीय, प्रगति सेकेन्डरी स्कुलका दिवान गुरुङ तृतीय, कुमुदिनी होम्स सेकेन्डरी स्कुलकी सदीक्षा राना र न्यु मोडल सेकेन्डरी स्कुलकी अनुष्का साह सान्त्वना बने ।

Advertisement


वातावरण र विकास तथा पठन संस्कृति र पुस्तकालय विषयभा भएको प्रतियोगितामा कास्कीका ४८ स्कुलका १ सय ७ विद्यार्थी सहभागी थिए । प्रथम हुनेले नगद ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ४ हजार र सान्त्वना २ जनाले जनही २ हजार पाए ।

कलाकार गोपाल श्रेष्ठले विजेता तथा सहभागीलाई प्रमाणपत्र र पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा विश्व श्रेष्ठले नगद हस्तान्तरण गरे । प्रतियोगिताको मूल्यांकन समितिमा दलबहादुर गुरुङ र झविन्द्र गुरुङ थिए ।

Advertisement

तपाईको प्रतिक्रिया