कोरला सडकका मजदुरबीच हानाहान , एक जना मजदुर गम्भिर घाईते

समाधान संवाददाता २०८० असोज १२ गते १७:४७
निर्माणधिन जोमसोम—कागबेनी कालोपत्रे सडकमा कार्यरत मजदुर ः तस्विर ःसुन्दरकुमार थकाली

जोमसोम—राष्ट्रिय गौरवको निर्माणधिन जोमसोम—कागबेनी कालोपत्रे सडकका मजदुरबीच आपसमा हानाहान हुँदा एक जना गम्भिर घाईते भएका छन् । घरपझोङ गाउँपालिका—४ जोमसोमदेखि उत्तरतर्फ करिव २ किमी परको निर्माणधिन कालोपत्रे सडकमा बिहिबार राती करिव १० बजेको समयमा मदिरा सेवन गरी मजदुर ÷मजदुरबीच आपसमा झैझगडा एक जना मजदुरको बाँया भागको आँखामा गम्भिर चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जोमसोम—कागबेनी कालोपत्रे सडक निर्माणको जिम्मा लिएको रौटाहा आत्रेय जेभी कन्ट्रक्सनका मजदुरहरु आपसमा मदिरा सेवन गरी हातहालाहाल हुँदा धनकुटा जिल्ला सत्रजोरपाटी गाउँपालिका—५ घर भई विगत एक महिनादेखि निर्माण स्थलमा कार्यरत १८ वर्षीय मजदुर विधान लिम्बु गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए । ‘बिहिबार राती मजदुरहरु झगडा गरेको सूचना आयो, घटना स्थलमा पुग्दा एक जना मजदुरको आँखामा गम्भिर चोट लागेको थियो,’सूचना अधिकारी गौतमले भने,‘ घटना स्थलबाट घाईतेलाई उद्दार गरी मुस्ताङ अस्पतालमा पु¥याईएको र त्यहाँबाट सोही रातीनै एम्बुलेन्समा पोखरा रिफर ग¥यौं ।’
गौरवको सडक अन्र्तगत जोमसोम—कागबेनी निर्माणधिन कालोपत्रे सडकका मजदुर त्रिपाल टाँगेर निर्माण स्थलमा बस्दैआईरहेका थिए । मदिरा सेवन गरेको अवस्थामा उनीहरुबीच आपसमा झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले आपसमा झगडा गरी आपसमा हानाहान गरेको आशंकामा बिहिबार रातिनै १२ जना सडक मजदुरलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनामा संग्लन रहेको आशंकामा पक्राउ परेका १० जनालाई सोधपुछपछि रिहा गरेको छ भने २ जना सडक मजदुरलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जोमसोम—कागबेनी निर्माणधिन कालोपत्रे सडकमा अहिले करिव डेढ सय मजदुर कार्यरत रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया