सर्वसम्मत नेतृत्व चुन्ने प्रयासमा गण्डकी इन्चार्ज बिष्ट

समाधान संवाददाता २०८० असोज १४ गते १९:००

पोखरा ।

नेकपा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले एमालेले गण्डकी प्रदेशमा सर्वसम्मत नेतृत्व चुन्ने प्रयासमा जुटेका छन् । विष्टले आइतबार उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, किरण गुरुङसहितका नेताहरुसंग बसेर सर्वसम्मत गराउने विषय छलफल गरेका हुन् ।

Advertisement

‘उहाँहरु (गुरुङ र अधिकारी) संगै बसेर मैले कुराकानी गरें । उहाँबिच मिडियामा आएजस्तो असमझदारी रहेनछ । मिलेर जाने, पार्टी बलियो बनाउने कुरामा उहाँहरु एकमत हुनुहुन्छ,’ उनले भने ।

बुधबारसम्मै सर्वसम्मतबाट नेतृत्व चुन्न प्रयास गर्ने गण्डकी इन्चार्ज विष्टले सुनाए । आन्तरिक जनवादको अभ्यास गर्दै यथाशक्य सहमतिबाट नेतृत्व चयन गर्ने र त्यो सम्भव नभए लोकतान्त्रिक अभ्यास हुने विष्टले बताए । ‘हामी यथाशक्य सहमतिमै नेतृत्व चुन्छौँ । कथम्कदाचित त्यसो हुन नसके स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चुनिन्छ । प्यानल बनाएर चुनाव लड्ने अवस्था आउँदैन र त्यस्तो छुट पनि हुनेछैन,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया