म्याग्दी प्रहरी प्रमुख कुँवर सम्मानित, कार्यसम्पादनमा गण्डकी प्रथम

समाधान संवाददाता २०८० असोज ३० गते १२:४७

पाेखरा ।

जिल्ला प्रहरी कार्यालाय म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ठ जिल्ला प्रहरी प्रमुख बनेका छन् । कार्य सम्पादनमा गण्डकी प्रदेशका प्रहरी प्रमुख मध्ये सबै भन्दा राम्राे काम गरेको भन्दै ०६८ अैां प्रहरी दिवस २०८० काे अवसरमा सम्मानित भएका छन् ।

प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले एक समारोहको आयोजना गरेर कुँवरलाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।

Advertisement

प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवरले पाएकाे जिम्मेवारी पुरा गर्ने सवालमा जिम्मेवारी पाएको स्थानमा अब्बल काम गर्दै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया