तनहुँमा अरिंगालकाे टाेकाईबाट एकको मृत्यु, एक घाइते

समाधान संवाददाता २०८० कार्तिक १३ गते ११:१९

तनहुँ ।

तनहुँमा अरिंगालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भानु नगरपालिका– ७ रम्गाटार स्थित जंगलमा आइतबार राती ११ः५५ अरिंगाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने वर्ष २४ को धनबहादुर तामाङ गम्भिर घाइते भएका छन् ।

निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४ः२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया