म्याग्दीमा विभत्स घटना–छपनीले हानेर बृद्धाकाे हत्या, ७ बर्षीया बालिकासहित २ घाइते

समाधान संवाददाता २०८० पुष २१ गते १६:४८

पाेखरा ।

म्याग्दीको मालिका गाउँपालिकामा विभत्स हत्याकाण्ड घटेको छ । म्याग्दी प्रहरीका अनुसार ढुङ्गाकाे छपनीले थिचेर एक बृद्धाकाे हत्या भएको छ भने बचाउन गएका सात बर्षीया बालिका र एक बृद्ध गम्भीर घाइते भएका छन् । म्याग्दी प्रहरीका अनुसार मालिका गाउँपालिका वडा नम्बर ७ मा शनिबार दिउँसो साे घटना भएको हो ।

छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिएका छन् । उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । उनीहरु मनिषालाई जाेगाउन गएका थिए ।

Advertisement

घटनास्थलमा पुगेका डीएसपी कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए । मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।

घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको डीएसपी कुँवरले जानकारी दए । उनीहरुको दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो । प्रियङ्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया