म्याग्दी आक्रमणमा घाइते भएकी ७ वर्षीया प्रियंकाको मणिपाल अस्पतालमा मृत्यु, हत्यारा गिरफ्तार

समाधान संवाददाता २०८० पुष २१ गते १८:५९

पाेखरा ।

हजुरआमालाई छप्पनीले आक्रमण गरेपछि जाेगाउन जाँदा आक्रमणमा परेकी ७ वर्षीया पृयङ्का गर्बुजाको पनि पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । हजुर आमा ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थल मै मृत्यु भएको थियाे ।

गम्भिर घाइते बालिकालाई शनिबार दिउसाे हेलिकोप्टरबाट उपरारार्थ पोखरा ल्याइएको थियाे । उपचारकै क्रममा उनको अस्पताल मै मृत्यु भएको हो । उनीसँगै घाइते भइका अर्का बृद्धको मणिपालमा उपचार भैरहेको छ र उनी खतरा मुक्त छन् ।

Advertisement

म्याग्दीको मालिका गाउँपालिकामा ढुङ्गाकाे छपनीले थिचेर एक बृद्धाकाे हत्या भएको थियो भने बचाउन गएका सात बर्षीया बालिका र एक बृद्ध गम्भीर घाइते भएका थिए । म्याग्दी प्रहरीका अनुसार मालिका गाउँपालिका वडा नम्बर ७ मा शनिबार दिउँसो साे घटना भएको हो ।

छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिएका छन् ।

Advertisement

प्रहरी श्रोतका अनुसारमा आक्रमणकारीको आशंका गरेर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनले हत्या गरेको स्विकार गरिसकेको दावी गरिएकाे छ । यद्यपी प्रहरीले अहिलेसम्म आधिकारिक सूचना दिएकाे छैन् ।

तपाईको प्रतिक्रिया