माओवादीले राष्ट्रिय सभा उमेद्वार टुङ्ग्यायो, गण्डकीबाट पर्वतकी मनरुपा शर्मा

समाधान संवाददाता २०८० पुष २२ गते १६:०१

पाेखरा ।

नेकपा माओवादीले राष्ट्रिय सभा सदस्यकाे उमेद्वार बनाउनेहरुकाे नामावली टुङ्ग्याएकाे छ । आज बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा आफ्नाे भागमा परे अनुसार ६ जनाको नाममा निर्णय गरेको हो ।

माओवादी नेता देवेन्द्र पाैडेलले दिएको जानकारी अनुसार गण्डकी प्रदेशबाट पर्वतकी मनरुपा शर्मा उमेद्वार बन्ने भएकी छन् । सत्ता गठबन्धनको भागबण्डामा माओवादीको भागमा गण्डकीबाट एक जना परेको थियो ।

Advertisement

जनयुद्धकालदेखि नै माओवादीमा सकृय बनेकी मनरुपा सहिद परिवारकी सदस्य समेत हुन् । उनका श्रीमान जनयुद्धकै क्रममा मारिएका थिए ।

त्यस्तै कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया