पोखरा महोत्सवमा आज शान्तिश्री र मेलिनाको प्रस्तुति

समाधान संवाददाता २०८० माघ ३ गते ११:००

पोखरा ।
पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा बुधबार चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार र गायिका मेलिना राई आउँदै छन् । महोत्सवमा दिउँसोका कार्यक्रममा गायिका शान्तिश्री परियार र साँझको लाइभ ब्यान्डतर्फ मेलिना राइको प्रस्तुति रहने महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।


शान्तिश्रीसँगै लोकदोहोरी कलाकारहरु जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, टेक क्षेत्री, लक्ष्मणसिंह ठकुरी, लीला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुछि रहनेछ ।


महोत्सव छैंटौं दिनसम्म आइपुग्दा दर्शकको सहभागिता बढेको र कारोबार पनि बढ्दै गएको आयोजकले जनाएको छ । महोत्सवमा मंगलबार रचना रिमालको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिए । सँगै पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, सुमन खड्का, परशुराम अधिकारी, केशव घिमिरे, कृष्ण गुरुङ, माया गुरुङ, दुर्गा क्षेत्री लगायतले दर्शकलाई मनोरञ्जन दिए । साँझको लाइभ ब्यान्डमा श्री ३ को प्रस्तुतिमा युवा रमाए ।

Advertisement

तपाईको प्रतिक्रिया