तामाङ सेलो नृत्य प्रतियोगिता हुँदै

समाधान संवाददाता २०८० माघ ४ गते १२:३३

पोखरा ।
गण्डकी प्रदेश कास्की जिल्ला नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा माघ ६ गते खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिए ।


उनले हालसम्म २० टिमले दर्ता गरिसकेको जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिन माघ ६ गते बिहान १० बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ । प्रतियोगिताका विजेता समूहले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने तामाङले जानकारी दिए । यस्तै, प्रतियोगिताको द्वितीय हुनेलाई २५ हजार नगद, ट्रफी र प्रमाण पत्र पाउनेछन् । तृतीय हुने टिमले १५ हजार नगद साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


प्रतियोगिताको सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पाउनेछन् । उनीहरुलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । ्तामाङ समुदायको संस्कृतिलाई संरक्षण, गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको भए पनि प्रतियोगितामा अन्य समुदायले पनिसहभागी हुन पाउनेछन् ।

Advertisement


‘यो प्रतियोगिता हामीले हाम्रो संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित आयोजना गरेका हौं । त्यसैले तामाङ समुदायमात्र नभएर अन्य समुदायबाट पनि भाग लिन पाउनुहुनेछ, उनले भने, ‘तर पोशाक र गीत भने तामाङ सेलोमा आधारित हुनुपर्नेछ ।’


प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् । यस्तै,। चर्चित सेलो गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङले सांगीतिक प्रस्तुत राख्ने प्रतियोगिता संयोजक जसपाल पाख्रिन तामाङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया