बस्नेतको विश्वम्भराको चर्चा

समाधान संवाददाता २०८० माघ ७ गते १२:५२

पोखरा ।
नेपाली लेखक संघ, कास्कीको आयोजनामा कवि भगवती बस्नेतको पछिल्लो कविता कृति विश्वम्भरामाथि चर्चा भएको छ । पुस्तकमाथि समीक्षक तारानाथ पराजुलीले परिचर्चा गरेका थिए ।


कविहरू शिव त्रिपाठी, शुभ शर्मा र निकेश गिरीले पुस्तकबाट एक एक थान कवितावाचन गरेका थिए भने साहित्यकार माधव वियोगी, नेपाली लेखक संघ गण्डकी अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक संघ केन्द्रीय सचिव डा. गणेश शर्माले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्रष्टा भगवती बस्नेतले लेखकीय मन्तव्य र प्रमुख अतिथि प्राज्ञ सरुभक्तले नेपाली कविताको दिशा र भविष्यबारे विचार राखे ।


संस्थाका अध्यक्ष कवि रीता अधिकारी ऋतुको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव प्राञ्जल र उपाध्यक्ष कमल पौडेल अथकले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया