डायमन्ड माविको वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन ९ गते १०:३२

लेखनाथ ।
पोखरा २७ को तालचोकमा रहेको डायमन्ड माविले शनिबार र आइतबार विभिन्न कार्यक्रम गरी ३६ औं वार्षिकोत्सव मनाएको छ । आइतबारको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले किताबी ज्ञानको साथमा शिक्षा र संस्कारलाई सँगसँगै लैजानुपर्ने बताए । उनले पिता पुर्खाको ज्ञान नजोडिएको शिक्षा अधुरै रहने जनाए ।


प्याब्सनका केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकीले २१ औं शताब्दीको शिक्षाका चुनौती सामना गर्न निजी स्तरका विद्यालयले योगदान गरेको जनाए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज लामिछाने (भोला)को अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल यामबहादुर रोकाले विद्यार्थीको सिकाई व्यावहारिक र प्रयोगात्मक बनाउन प्रयास गरेको सुनाए ।


कार्यक्रममा भूपू विद्यार्थीको तर्फबाट बुद्धिसागर अधिकारी, अभिभावकको तर्फबाट लेखनाथ उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष उपेन्द्रराज सुवेदी(राजु), पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ, विद्यार्थी आयुसा ढुंगाना, आकृति पाण्डे र अंकिता आचार्य र शिक्षकद्वय सविता ढुंगाना र तारानाथ पराजुलीले बोलेका थिए ।

Advertisement


सोही अवसरमा विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको डायमन्ड अवार्डबाट व्यवस्थापन संकायकी सपना कँडेललाई सम्मान ग¥यो । गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल अनुसा लामिछाने, सन्देश जिसी र निमेश गिरीलाई समेत सम्मान गरिएको थियो । शिक्षकतर्फ १० वर्ष सेवा गरेका नारायणप्रसाद वाग्ले, सविता ढुंगाना, ज्योति थापा, गंगा शर्मा र हरिमाया गुरुङलाई दीर्घ सेवा पदक प्रदान गरिएको ।


यसैबिच पहिलो दिन शुक्रबार विद्यार्थीले बृहत शैक्षिक प्रर्दशनी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यायले विद्यार्थीमा भएको अन्र्तनिहित प्रतिभालाई उजागर गर्न यस्ता कार्यक्रम सहयोगी हुने जनाए । मेलाको उद्घाटन गर्दै आइएनजी ग्रुपका अध्यक्ष एवं शिक्षा उद्यमी सुलभ बुढाथोकीले विद्यार्थीले गरिरहेका गतिविधि नै उद्यमशीलता भएको बताए । उनले यसलाई नै निरन्तरता दिन सके उद्यमशीलताको विकास एवं स्वरोजगार बढ्न सक्ने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया