दीक्षित विद्यार्थीलाई ला ग्रान्डीको सम्मान

समाधान संवाददाता २०८० फागुन ११ गते १२:४२

पोखरा ।
ला ग्रान्डी इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा दीक्षित कलेजका १ सय १२ विद्यार्थीलाई सम्मान गरेको छ । कलेजले बिहीबार ग्रयाजुयसन एन्ड अवार्ड सेरेमानी आयोजना गरी विद्यार्थीहरुलाई बधाईसहित सम्मान गरेको हो ।


समारोहमा २०१८ ब्याचका विद्यार्थीमध्ये सिजिपिए ३.७ देखि माथि ल्याई डिन लिनमा पर्न सफल बिसिएतर्फकी आस्था श्रेष्ठ (३.९५), सिम्रन सिल्पकार(३.९१) र सपना बानियाँ (३.८८) लाई नगदसहित सम्मान गरिएको हो । यसैगरी बिबिएतर्फ सञ्जिला धरेल (३.८८), प्रतीक्षा सुवेदी(३.८७), आशीष भण्डारी (३.७८), कशिस गुरुङ (३.७७) र रोशन पुन(३.७६), बिपीएचतर्फ कामना केसी (३.८५), निशा पलिखे (३.८३) र वीनिता लिमिछाने (३.७९) लाई सम्मानपत्र, नगद तथा अवार्ड प्रदान गरियो ।


बिसिएका विद्यार्थीहरु आस्था श्रेष्ठ र सिम्रन सिल्पकार कलेजको उक्त ब्याचमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकाले ला ग्रान्डी एक्सिलेन्स अवार्डबाट सम्मानित बने । आस्थाले बिसिए कार्यक्रमतर्फ सर्वोत्कृष्ट स्थान हासिल गर्दै ओसिइएम गोल्ड मेडल प्राप्त गरेकी छन् । उनले समग्र बिज्ञान तथा प्रबिधि संकायतर्फ सातौं स्थान हासिल गरेकी छन् ।

Advertisement


कलेजका प्रिन्सिपल ई. किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठी र प्रतिभा सेकेन्डरी स्कुलका प्रिन्सिपल किरण सापकोटा, विद्यार्थीहरु सञ्जिला धरेल, आस्था श्रेष्ठ र कामना केसी र कलेजका सिस्टम एड्मिनिस्ट्रेटर इ. मनोज गिरीले बोलेका थिए ।

कार्यक्रममा दीक्षित विद्यार्थीका अभिभावकसमेत उपस्थित थिए । आइएसओ मान्यता प्राप्त उक्त कलेजमा बिसिए, बिबिए र बिपिएच कार्यक्रम सञ्चालनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया