हिमालय मावि मौजाको वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन १३ गते १५:०६

पोखरा ।
हिमालय माध्यामिक विद्यालय पोखरा २० मौजाको ५२ औं वार्षिकोत्सव अभिभावक दिवस पुरस्कार वितरण, शिलालेख अनावरण तथा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।


पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष गंगाबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा अध्यक्ष केसीले विद्यालयको शैक्षिक स्तर उकास्न विद्यार्थी शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए । उनले दिनप्रतिदिन गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको प्रति चिन्ता गर्दै त्यसो हुन नदिन वडा कार्यालयबाट गर्नुपर्ने सबै खालका सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्ष विद्यालयले मनाएको स्वर्ण महोत्सवका अवसरमा आर्थिक सहयोग प्रदान गर्ने व्यक्ति तथा संघसंस्थाको नाम उल्लेखित शिलालेखको अनावरण गरिनुका साथै स्वर्णमहोत्सव स्मारिका विमोचनसमेत गरिएको थियो भने विभिन्न क्षेत्रमा रहेर विद्यालयको स्वर्णमहोत्सवमा सहयोग गर्न महानुभावहरुलाई सम्मानित गरिएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा फेवापोस्ट साप्ताहिकका सहायक सम्पादक श्रीराम सिग्देल लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Advertisement


कार्यक्रममा हिमालय माध्यामिक विद्यालय स्वर्ण महोत्सव मूल आयोजक समिति संयोजक सु. हुमबहादर गुरुङ, स्मारिका प्रकाशन उपसमिति संयोजक राम गुरुङ, स्मारिका प्रकाशन उपसमिति सदस्य तथा प्राध्यापक कमल गुरुङ, स्वर्ण महोत्सव अर्थ उपसमिति संयोजक क्या. हिम्मत गुरुङ, सीता आधारभूत विद्यालय का प्रधानाध्यापक ईन्द्रप्रसाद बाँस्तोला, विद्यालयका पूर्वप्रअ शेषकान्त आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


विद्यालयका प्रधानाध्यापक मणिराज परियारले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा शिक्षिका राधा आचार्य सिग्देल तथा विद्यार्थी हेमानी नेपालीले स्वागत मन्तव्य राखेका थिए । सहायक प्रअ डोलराज रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम मा विद्यार्थीहरूद्वरा विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया