
पोखरा ।
टिकटकमार्फत मेअकप कक्षा, मेअकपका सामग्री प्रवद्र्धन गरिरहेको ‘द ब्युटी बक्स स्टुडियो’ का सञ्चालक सरकारको अचानकको टिकटिक प्रतिबन्धको निर्णयले स्तब्ध भए । सेल्फ मेअकप कक्षा सञ्चालन गरिरहेका उनीहरुका लागि पछिल्लो समय टिकटकले व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुर्याएको थियो । ३५ हजार फलोअर्स रहेको ‘द ब्युटी बक्स स्टुडियो’ उपभोक्ता माझ लोकप्रिय बनिरहेको थियो ।
मेअकप महँगो हुने भएकाले आफैंले मेअकप गर्ने तरिका हो सेल्फ मेअकप । सधैं ब्युटी पार्लरमा गएर वा मेअकप आर्टिस्टसँग मेअकप गर्न महँगो पर्ने भएकाले ‘द ब्युटी बक्स स्टुडियो’ले सेल्फ मकेअकप गर्न टिकटकमार्फत प्रेरित गरिरहेको स्टुडियोकी इन्चार्ज प्रज्ञा गुरुङले बताइन् । गुरुङ भन्छिन्, ‘सबै नारीहरुमा राम्री र आकर्षक बन्ने संस्कृति बढ्दै गएको अवस्थामा सौन्दर्यप्रति टिकटकले थप प्रोत्साहन गरिरहेको थियो । मेअकपले महिलालाई सुन्दरताका साथै आत्मविश्वास पनि बढाउँछ ।’
टिकटक प्रतिबन्ध समस्याको समाधान नरहेको बताउँदै सरकारले नीति बनाएर टिकटक पुनः सञ्चालन गर्नुपर्ने उनको माग छ । व्यवसायलाई थप उचाईंमा पुर्याउन सहयोग गरिरहेको टिकटक सरकारले प्रतिबन्ध गरेपछि व्यवसायमा धक्का लागेको पोखरा जिरोकिलोमिटरका ४००/६००/८००/१००० पसलका सञ्चालकले बताए ।
झन्डै ३ वर्षदेखि टिकटकमार्फत कपडा व्यवसाय प्रवद्र्धन गर्दै आएका फेसबुक पेज र युटुबमार्फत व्यवसायको माकेर्टिङ गरिरहेको भएपनि टिकटक जति प्रभावकारी नभएको उनको अनुभव छ । उपभोक्तासँग जोडिन प्रभावकारी माध्यमको रुपमा रहेको टिकटक बन्द भएपछि व्यापार प्रभावित भएको उनले बताए ।
मार्केटिङलाई फेसबुक र युटुबभन्दा टिकटक प्रभावकारी थियो
टिकटकको प्रयोग स्वदेशदेखि विदेशसम्मै जोडेर नेपालीले गरिरहेका छन् । विदेशमा व्यापार, व्यवसाय गरिरहेका नेपालीहरुले नेपालमै कम्पनी खोलेर, कार्यालय राखेरसमेत व्यवसाय प्रवद्र्धन गरिरहेका छन् । विदेशमा जनशक्ति महंगो हुने, सामग्री तयार गर्न झन्झटिलो हुने र लक्षित वर्गसमेत नेपाली नै हुने खालका व्यवसायमा नेपालमा कार्यालय खोलेर टिकटकमार्फत् व्यवसाय प्रवद्र्धन गर्ने गरिएको छ । त्यसरी नै काम गरिरहेका पोखराका गोविन गिरी अहिले स्तब्ध छन् ।
जापानका व्यवसाय गरिरहेका उनले नेपालबाट व्यवसाय प्रवद्र्धन गर्न फ्लाट नै भाडामा लिएका छन् । सरकारी प्रतिवन्धले उनी अरु सामाजिक सञ्जाल प्रयोग गर्न बाध्य छन् । तर ती सञ्जालबाट गरिएको प्रवद्र्धन प्रभावकारी नभएको उनको ठम्याइ छ । सरकारले विकृति फैलाउनेहरुलाई नियमन र नियन्त्रण गर्ने नीति बनाएर नियन्त्रण गर्नुपर्नेमा टिकटकमै प्रतिबन्ध लगाउनु समस्याको समाधान नरहेको उनको तर्क छ ।
टिकटकले फाइदा भएको थियो भन्नेमात्रै नभई झुक्याएको भन्नेहरु पनि छन् । टिकटकको फाइदासँगै बेफाइदा पनि उत्तिकै भएको सिजन इम्पेक्सका सञ्चालक चोकबहादुर गुरुङले बताए । अरु एकाउन्टले टिकटकमा सामानको मूल्य मनपरि राख्दा व्यवसाय नै खलबलिएका उनले सुनाए ।
गुरुङ भन्छन्, ‘टिकटकमा देखेर कतिजना पसल खौज्दै आउँथे, पसलमा नयाँ सामान आएको ग्राहकलाई जानकारी दिन टिकटकमार्फत सहज भएको थियो, तर टिकटकमा सामानको मूल्य एकाथरी र व्यवहारमा अर्काेथरी हुँदा समस्या परेको थियो । टिकटिकबाट व्यवसाय गर्नेहरुले न कर, न भन्सार न त कोठा भाडा नै तिनुपर्ने त्यसैले उनीहरुको सामान सस्तो पर्ने भयो । हामी कर, भन्सार, भाडा, कर्मचारीलाई तलब दिएर व्यवसाय गर्नेलाई टिकटकबाट बेफाइदा भएको थियो ।’
टिकटकले नेपालका सर्त मान्ने र कार्यालय पनि खोल्ने पनि जनाइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको संसद बैठकमा टिकटक नियमन गर्न सकिने बताएका थिए । टिकटकमाथिको प्रतिबन्धसँगै नेपालमा अभिव्यक्ति स्वतन्त्रता खुम्चिन पुगेको पनि बौद्धिक सर्कलको प्रतिक्रिया छ । टिकटकमार्फत व्यवसाय गर्ने साना व्यवसायीमात्रै नभई ठूला व्यवसायीलाई पनि असर पुगेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि आफ्नो व्यवसायमा असर परेको बताइरहेका छन् ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया