पोखराको सडकबाट २५ जना सडक आश्रितको उद्धार

समाधान संवाददाता २०८० चैत १ गते १९:०५

पोखरा ।
सडकमा आश्रित २५ जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पहलमा सडक आश्रितहरुको उद्धार गरिएको हो । बिहीबार वडा प्रहरी कार्यालय बगर कास्की र पोखरा महानगरपालिकाबाट नगर प्रहरी समेत उपस्थितिमा उद्धार गरि उनीहरुलाई उद्धार गरि मानव सेवा आश्रम छोरेपाटन पु¥याइएको छ ।


कास्की प्रहरीका एसपी मोहन थापाले उद्धार गरिएका मध्ये ७ जना महिला रहेको जनाए । बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको छ ।


‘भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले दिँदैन,’ एसपी थापाले भने ।बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक्न प्रहरीले यस्तो पहल गरेको उनको भनाइ थियो ।

Advertisement

तपाईको प्रतिक्रिया