यात्रा नेपाललाई फुटसल उपाधि

समाधान संवाददाता २०८० चैत २६ गते ११:४९

पोखरा ।
हार्ड बोन्ड फ्रेन्ड्सको आयोजनामा पोखरामा शनिबार भएको प्रथम एमेचर फुटसल प्रतियोगिता २०८० मा यात्रा नेपालको टिमले उपाधि जितेको छ । स्पोट्स क्यासल फुटसलमा शनिबार भएको फाइनल खेलमा यात्रा नेपालले मिलन टोल समूहलाई ४–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।


यात्रा नेपालको जितमा सन्दीप तामाङ, दिनेश गुरुङ, अंकिल गुरुङ र प्रनिल रानाभाटले एक÷एक गोलको गोगदान दिए । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोस्रो पुरस्कार २५ हजार ५ सय ५५ रूपैयाँ छ । प्रतियोगितामा यात्रा नेपालका सन्दीप तामाङ म्यान अफ दी म्याच घोषित भए ।


विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरूङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार वितरण गरे । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य गुरूङले खेलाडीलाई अनुशासनमा रहन आग्रह गर्दै सुर्खाेतमा हुने १० ओैं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सुझाव दिए ।

Advertisement


प्रतियोगितामा २९ समूहले टिम दर्ता गराएकोमा ९ समूह सहभागी भएनन् । शनिबार महिलातर्फ भएको रियल म्याड्रिड एफसी पोखरा ए र बी बिचको खेलमा ए को समूह विजयी भएको हार्ड बोन्ड फ्रेन्ड्सका अध्यक्ष विश्वास गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया