बुद्ध विशाल बजारमा फुटसल

समाधान संवाददाता २०८० चैत २६ गते १६:४५

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराले आफ्ना व्यवसायी बिच सातौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ ।


लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा पाँच टिम सहभागी रहेकोमा राजेश खाँडको टिम प्रथम हुँदै नगद चौविस हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अकित श्रेष्ठको टिम द्वितीय हुँदै नगद सोहृ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उत्कृष्ट खेलाडीको उपाधि सुमन तामाङले प्राप्त गरेका थिए ।


यसअघि गण्डकी प्रदेशका सभासद प्रकाश बरालले कार्यक्रम उद्घाटन गरेका थिए । व्यवसायीबिच आपसी भाइचाराको सम्बन्धले यस्ता कार्यक्रम आयोजना हुनाले व्यवसायी बिच सुमधुर सम्वन्ध हुने बताउँदै बरालले व्यवसायीका समस्या समाधान गर्न आफू प्रतिवद्व रहेको बताए ।

Advertisement


कार्यक्रममा नेपाली फुटबल महिला राष्ट्रिय टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालमा फुटवल खेलको भविश्य उज्ज्वल रहेको बताउँदै आफूलाई बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले जुन सममान गरेको छ, त्यसप्रति आभार व्यक्त गरेका थिए ।


बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशवबहादुर खत्रीले व्यवसायीका हक हितका लागि आफू सदैव लड्ने बताउँदै व्यवसायीले पनि आफ्नो काम कर्तव्य के हो भनी कर्मथलोमा कार्य गर्न सुझाव दिएका थिए ।

Advertisement


बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन एसोसियसनका सचिव थमन गुरुङले गरेका थिए भने उपाध्यक्ष बुद्धिवहादुर कुवँरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसुोसियसनले प्रकाशन गरेको २०८१ सालको क्यालेन्डरसमेत विमोचन गरिएको छ ।

तपाईको प्रतिक्रिया