‘सावर बञ्जी’ पोखरामा थपियो नयाँ एडभेन्चर्स

समाधान संवाददाता २०८० चैत २९ गते १३:२२

पोखरा ।
पर्यटकीय राजधानी पोखरामा पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बन्जी सुरू गरेको छ । अब पोखराको हेम्जाबाट बन्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ ।


कम्पनीले हेम्जामा सञ्चालन गरिरहेको बन्जीमा करिब ५० लाख रूपैयाँ लगानी थप गरेर सावर बन्जी सुरु गरेको हो । यसमा हाइग्राउन्ड एडभेन्चर्समा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी छ ।


एडभेन्चरका पारखीहरूलाई फरक स्वाद पस्कने योजनाले सावर बन्जीको अवधारणा ल्याइएको हाइग्राउन्ड एड्भेञ्चर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक दिनेश महर्जनले बताए । ६ हजार ५ सय रूपैयाँमा फोटो, भिडियो र टिसर्टसहित बुक बुधबारबाट खुला गरिएको हो । यसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ ।

Advertisement


‘हाइग्राउन्ड एडभेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टका रुपमा विभिन्न गतिविधि सञ्चालन सुरु गरेको हो’, महर्जनले भने, ‘सुरुमा जीपलाइनमात्रै सुरु गरिएकोमा त्यसपछि बञ्जी, स्वीङ र एटिभीलगायत प्रडक्ट थपिएको हो ।’ साहसिक पर्यटकीय क्षेत्रमा यी गतिविधिको सञ्चालनले कुनै न कुनै रुपमा योगदान पुर्‍याएको उनले बताए । ८२ मिटर माथिबाट हामफालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन् ।


सावर बञ्जी पोखराका पर्यटकीय गतिविधिमा अर्को महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँहरूले व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे । शुभारम्भका अवसरमा पर्यटनकर्मी वासु त्रिपाठी, टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत कुन्दन मिश्र, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलगायतले पर्यटन राजधानी घोषित पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पर्यटकीय गतिविधि बढ्नु जरुरी रहेको धारणा राखे ।

Advertisement


पर्यटन राजधानी घोषणा भएको पोखरा साहसिक पर्यटनको पनि आकर्षक गन्तव्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताए । पोखरामा पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ पर्यटकीय गतिविधिका रुपमा सावर बञ्जी विशेष महत्वपूर्ण बन्ने अपेक्षा लिइएको उनले बताए ।

तपाईको प्रतिक्रिया