इन्द्रराज्यलक्ष्मी माविमा अन्तक्र्रिया

समाधान संवाददाता २०८१ वैशाख १२ गते ११:४६

पोखरा ।
लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा नयाँ भर्ना एवं शैक्षिक उन्नयनका लागि अन्तत्र्रिmया तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार कृष्णप्रसाद अधिकारी, शोभामोहन पौडेल, होमबहादुर बानिया, मदनबहादुर केसी, सविन जिसी, धर्ममानसिंह भण्डारी र तारा परियारले विद्यालयको शैक्षिक उन्नयनका लागि आफ्ना महत्वपूर्ण राय, सल्लाह र सुझाव दिए ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयको समग्र शैक्षिक विकासका लागि वडा नम्बर १६ र १९ सदैव तत्पर रहेको बताए ।

Advertisement


कार्यक्रमको सन्दर्भ र पृष्ठभूमिका बारेमा विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अम्गाईंले प्रष्ट पारे । शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीले स्वागत मन्तव्य राखे । धन्यवाद ज्ञापन सहायक प्रधानाध्यापक पूर्णभद्र अधिकारीले व्यक्त गरे । कार्यक्रम सञ्चालन विद्यालयका सूचना अधिकारी सीता पौडेलले गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया