पोखरामा स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु

समाधान संवाददाता २०८१ वैशाख १२ गते १२:१४

पोखरा ।


स्कुटर दुर्घटनामा पोखरामा पोखरा १४ चाउथेमा मंगलबार राति एक किशोरीको मृत्यु भएको छ । पोखरा १४, चाउथेस्थित नयाँ विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवारी दुवै जना घाइते भएकोमा उपचारका क्रममा पोखरा १४, खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


स्कुटर चालक पोखरा ७ सिमलचौर बस्ने २१ वर्षीया दिपीका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते गुरुङको अवस्था मध्यम छ ।

Advertisement

तपाईको प्रतिक्रिया