पोखरा ६ मा साबुन बनाउने तालिम

समाधान संवाददाता २०८१ वैशाख १२ गते १६:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा सर्फ, भाडा धुने झोल साबुन बनाउन सिकाइएको थियो भने ८० जना महिलाको सहभागिता थियो ।


कार्यक्रममा गण्डकी प्रदेश सासंद देवका पहारी त्रिपाठीले तालिम अत्यन्तै उपलव्धीमुलक रहेको बताउँदै यसलाई बजारीकरण गर्न सुझाव दिइन् । पहारीले तालिमपछि व्यवसाय प्रवद्र्धनमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिइन् । तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।


वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले साबुन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आह्वान गरे । भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए ।

Advertisement


वडा सचिव रामबहादुर खत्रिले सिकाईलाई प्रभावकारी बनाउन अनुरोध गरे । खत्रिले तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्यता पूरा हुने बताए ।


कार्यक्रमका संयोजक तथा वडा सदस्य शोभा जलारीले तालिममा सीकेको शिपलाई व्यवहारमा उतार्न सल्लाह दिइन् । उनले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गरिन् ।

Advertisement


सुचनाका हकका लागि राष्ट्रिय सञ्जाल महानगर संयोजक अनिल थापाले सिकेको ज्ञानलाई व्यवहारमा उर्तान आग्रह गरे ।


“प्लान स्टार सानो संसार” काठमाण्डौका प्रशिक्षकहरुले तालिम सहजिकरण गरेका थिए । प्रशिक्षार्थी मिना जलारी, चित्रा परियार, लक्ष्मी भुर्तेल अधिकारी र लिला सुनारले आफ्नो सिकाई अनुभव शेयर गरेका थिए ।

तपाईको प्रतिक्रिया