महिला भलिबल लिग : ललितपुर शीर्षमा, पछ्याउँदै कर्णाली

पोखरा । साविक विजेता कर्णाली यशविस र उपविजेता ललितपुर क्विन्सले वात्सल्या एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार तेस्रो जित हात पारेको छ ।
पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ र तेस्रो सेट २८–२६ ले जित निकाल्यो । कर्णालीकी आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् ।
कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । जितसँगै कर्णालीले ९ अंक जोडेर शीर्ष स्थानमा छ । काठमाडौंले दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको थियो । दोस्रो खेलमा भने काठमाडौंले मधेस युनाइटेडलाई हराएको थियो ।
दोस्रो खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुर शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन् । लगातार तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ ।
ललिलपुरले पहिलो खेलमा मधेश युनाइटेड र दोस्रो खेलमा काठमाडौंलाई हराएको थियो । ललितपुर र कर्णालीको समान अंक भए पनि लुम्बिनी लाभाजसँगको खेलमा कर्णालीले १ सेट गुमाएकाले दोस्रो लिग तालिकाको दोस्रो स्थानमा धकेलिएको हो ।
प्रतियोगिताको चौथो दिनसम्म आइपुग्दा घरेलु टिम पोखरा र लुम्बिनी उपाधि होडबाट बाहिरिएका छन् । ३ खेलबाट २ अंक जोडेको लुम्बिनी र लुम्बिनीसँग नै १ अंक खोसेको पोखरा निन्जाजको २ खेलअघि नै फाइनल नपुग्ने निश्चित भएको हो । यी दुईका अबका खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
लिग तालिकामा ३ अंक जोडेका मधेस युनाइटेड र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय सम्भावना बाँकी नै छ । दुवै टोलीले २÷२ खेल खेल्न बाँकी छ ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौ २८ गतेसम्म चल्नेछ । सिंगल राउन्ड रोविनका आधारमा हुने खेलमा ६ टिमको सहभागिता छ । भदौ २६ गतेसम्म लिग चरणका खेल हुनेछन् । २७ गते रेस्ट डे अनि २८ गते लिगको पहिलो र दोस्रो स्थानमा हुने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
लिगअन्तर्गत मंगलबार २ खेल हुनेछन् । पहिलो खेल कर्णाली र मधेसबिच दिउँसो २ बजे सुरु हुनेछ । त्यसपछि ललितपुर र पोखराबिचको खेल हुनेछ ।





पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया