एनसेलले ल्यायाे प्रिपेड ग्राहककालागि नयाँ २ अफर

समाधान संवाददाता २०७६ पुष २९ गते १२:२८

समाधान संवाददाता
पोखरा

एनसेलले प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनामा ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवा लिन सक्नेछन् । यो योजना मंगलबारदेखि भएको हुनेछ ।

योजनामा एनसेलले २ साप्ताहिक प्याक २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लान अन्तर्गत ग्राहकले ९५ रुपैयाँमा २ जिबी डेटा लिन सक्नेछन् । यो प्लान अन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्कभित्र १.२८ प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्छन् ।

Advertisement

६ जिबी प्लान अन्तर्गत करसहित १ सय ९१ रुपैयाँमा ६ जिबी डेटा (४ जिबी + २ जिबी भिडियो डेटा) उपलब्ध छ । प्याक अन्तर्गतको भिडियो डेटाबाट युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका साथै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग मिल्छ । डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटिई आफैं डेटा बन्द हुने मेरो प्लानको विषेशता हो ।

साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि ७ दिनको रहनेछ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै १ प्लान रोज्न सक्छन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता बमोजिम यी योजना ल्याएको एनसेलले जनाएको छ ।

Advertisement

यो योजनामा रहेका कुनै पनि प्लान लिएपछि हरेक हप्ता स्वतः नविकरण हुनेछ । प्लान नविकरण हुन लागि मोवाइल प्लान अनुसारको ब्यालेन्सचाहिँ हुनु पर्छ ।

तपाईको प्रतिक्रिया