पोखरामा साओमीको सर्भिस सेन्टर

समाधान संवाददाता २०७६ चैत ५ गते १३:०४

समाधान संवाददाता
पोखरा

साओमी ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । पोखराको महेन्द्रपुलमा कम्पनीको गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर र नेपालको पाँचौं सर्भिस सेन्टर खोलिएको हो ।

कम्पनीले यसअघि काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा सर्भिस सेन्टर खोलिसकेको छ । ब्रान्डका रुपमा साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयास प्रदर्शन गरिरहेको छ । सर्भिस सेन्टरमा टेक्निसियन र प्रोफेशनलको समर्पित टोलीले प्रयोगकर्तालाई छिटो समस्या समाधान गर्न सघाउने गरेका छन् । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले सबैलाई नवीनतम प्रविधिको पहुँचमा पुर्‍याउन केन्द्रित भएको उल्लेख गरे । उनले भने, ‘यी नवीनतम प्रयासले हामीलाई नेपाली ग्राहक र एमआइ फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र हामीलाई देशभर बढ्न मद्दत पुर्‍याउनेछ ।’

Advertisement

तपाईको प्रतिक्रिया