१२५ सिसीमा आयो बजाजको पल्सर

समाधान संवाददाता २०७६ चैत ७ गते १३:५४

समाधान संवाददाता, पोखरा

बजाज मोटरसाइकलको चर्चित पल्सर सेरिजमा १२५ सिसीको मोटरसाइकल बजारमा आएको छ । बजाजका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता पोखरा नयाँबजारस्थित इच्छाशक्ति अटोमोबाइलले पनि १२५ सिसीको पल्सर बाइक बिक्री सुरुआत गरेको छ ।

इच्छाशक्तिका म्यानेजिङ डाइरेक्टर आघोषमान बुद्धाचार्य, ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक (सई) जीतजंग कार्कीले उक्त बाइक संयुक्त रुपमा सार्वजनिक गरे । त्यस अवसरमा बुद्धाचार्यले अरु पल्सर बाइकजसरी नै १२५ सिसी शृंखलाको बाइक पनि लोकप्रिय बन्ने विश्वास व्यक्त गरे । ‘यो बाइक पनि १५० र २२० सिसीकै मोडलमा आएको छ,’ उनले भने ।

Advertisement

सोरुमका म्यानेजर बाइकको मूल्य अहिलेलाई २ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको जानकारी दिए । उनका अनुसार यो मूल्य सीमित अवधिका लागि हो ।

सई कार्कीले पोखराको ट्राफिक समस्या समाधान गर्न सोरुमहरुको पनि सहयोग चाहिने औंल्याए । मोटरसाइकल किन्नेहरुलाई सवारी नियमबारे ब्रिफिङ गरिदिए त्यसबाट सभ्य समाज निर्माण हुने उनको भनाइ थियो । सोरुममा सेल्सतर्फका कर्मचारी प्रवीण अर्यालले पल्सर १२५ सिसीका विशेषताबारे जानकारी दिए ।

Advertisement

‘यसमा किस अप्सन पनि छ,’ अर्यालले भने, ‘पछाडि ब्रेक हान्दा अगाडिको आफैं नियन्त्रणमा आउँछ । ब्रेक लगाउँदा लड्दैन ।’ अफरोडमा जाँदा पनि ज्यान नदुख्ने गरी सिस्टम बनाइएको जानकारी उनले दिए । ‘यो बाइकको इन्धन टंकी क्षमता १५ लिटर छ,’ उनले भने, ‘माइलेज ५०—५५ किलोमिटर हुन्छ । यो बाइक ३÷४ गियरमा विस्तार गुडेको बेला पनि स्टार्ट बन्द हुँदैन ।’

तपाईको प्रतिक्रिया