गण्डकी प्रदेश सभाकाे हिउँदे अधिवेशन सकियाे
समाधान संवाददाता
२०७७ वैशाख २३ गते २०:३२
पाेखरा
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार अन्त्य भएको छ । मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएकाे सूचना संसद सचिवालयले जारी गरेकाे छ ।
गण्डकीकाे मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि मंगलबारै प्रदेश प्रमुख अमिक शेरचन समक्ष पठाउने निर्णय गरेकाे आर्थक मामिला तथा याेजना मन्त्री किरण गुरुङले जानकारी दिए । निर्णयलगत्तै सरकारले प्रदेश प्रमुखलाई र प्रदेश प्रमुखले संसद सचिवालयलाई अधिवेशन अन्त्यकाे पत्र पठाएका हुन् ।
हिउँदे अधिवेशन पुस २३ गतेदेखि सुरु भएको थियाे । काेराेना कहर सुरु हुनुअघि कांग्रेसकाे अवराेधका कारण लगाता ६ पटकसम्म बैठक अवरुद्ध गरेकाे थियाे । पछिल्लाेपटक चैत ६ गतेका लागि बाेलाइएकाे बैठक सूचना टाँस गरी स्थगित भएकाे थियाे ।
तपाईको प्रतिक्रिया