सांग्रिला–ब्लु क्रस हस्पिटलबीच सम्झौता

समाधान संवाददाता २०७५ माघ २९ गते १५:२१

समाधान संवाददाता, पोखरा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ब्लु क्रस हस्पिटल प्रालिबीच बैंकका कर्मचारी, सेयरधनी तथा ग्राकहवर्गलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब सांग्रिलाका कर्मचारी तथा यस विकास बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ता ८० वटै शाखाका ग्राहकलाई ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट दिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया