पोखरामा एकै परिवारका ४ जनामा कोरोना

अनुप पौडेल, पाेखरा
पोखरामा एकै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा ८ बस्ने परिवारमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ४ जना मध्ये २ बालक र २ जना वृद्धवृद्धा छन् ।
संक्रमण पुष्टि हुने ४ जना तनहुँको १ गाउँपालिकाका *अधिकृतकाे परिवारका सदस्य हुन् । संक्रमण पुष्टि हुनेमा अधिकृतका ८२ वर्षे बुवा, ७२ वर्षे आमा, ७ र १४ वर्षका छोरा छन् । उनकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
काठमाण्डौंबाट फर्केका उनी कोरोना परीक्षणका लागि स्वाब दिएर घरमै क्वारेन्टाइनमा बसेका थिए । उनले १४ साउनमा आफ्नो स्वाब दिएका थिए । ३ दिनपछि रिपोर्ट आउँदा कोरोना भाइरस संक्रमित भएको पुष्टी भएको थियो । अहिले पनि उनी घरमै सेल्फ आइसोलेसनमा बसेको स्रोतले बतायो ।
उनको कन्ट्याक ट्रेसिङमा परेपछि परिवारका सदस्यको ४ दिन पहिले स्वाब लिइएको थियो । उनी गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा उपचाररत् बिरामी आफन्त भेटेर फर्किएका थिए ।
*सच्चाइएको । संक्रमितको गोपनियतालाई ध्यानमा राख्दै नाम हटाइएको छ । प्रकाशित समाचारमा नाम उल्लेख हुँदा संक्रमित, परिवार र आफन्तमा पर्न गएको असहजताका लागि क्षमाप्रार्थी छौं । – सम्पादक







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया