भोलिदेखि राजधानीको निषेधाज्ञा खुकुलो, यातायात चल्ने पसल खुल्ने

समाधान संवाददाता २०७७ भदौ २४ गते १८:१७

समाधान संवाददाता

देशको राजधानीमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि जारी निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ ।

उपत्यकका ३ जिल्ला काठमाण्डौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले भोली भदौं २५ देखि लागु हुने गरी नयाँ आदेश जारी गर्दैछन् । यसअघि उनीहरुले गृहमन्त्रालयसंग लामो छलफल गरेका थिए ।

Advertisement

कोरोनाबाट जोगिने नाममा लामो समय निषेधाज्ञा गर्दा राजधानीमा भोकभरीको अवस्था सृजना भएको भन्दै नीजि क्षेत्रबाट ब्यापक आलोचना भएको थियो ।
यसैकारण भोली देखि खुकुलो हुने भएको हो । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने निर्देशिका केही समयमा जारी गर्ने तयारी भैरहेको छ ।

श्रोतका अनुसार भोली देखि जोर बिजोर प्रणाली लागु गरेर यातायात सञ्चालन गर्न दिइने छ भने पसलहरु पनि सामाजिक दुरी कायम गरेर खोल्न पाउने गरी खुकुलो व्यवस्था गएिको छ ।

Advertisement

सार्बजनिक यातायातकाे सवालमा १६ सिट क्षमता भन्दा कम सिट भएका यातायात सञ्चालन गर्न पाइने छैन् । ठूला बसकाे हकमा सामाजिक सुरक्षा कायम गरेर चलाउन दिइनेछ ।

तपाईको प्रतिक्रिया